काठमाडौं । सशस्त्र प्रहरी बलका ६ एसएसपी (बरिष्ठ उपरीक्षक) डीआईजी (नायव महानिरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शुक्रबार ६ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस सूचीअनुसार पहिलो नम्बरमा दिग्विजय सुवेदी छन् । दोस्रो नम्बरमा किरण बस्नेत, तेस्रोमा माधव प्रसाद पौडेल, चौथो नम्बरमा प्रवीण कँडेल, पाँचौं नम्बरमा राजेश उप्रेती र छैटौं नम्बरमा नेत्रबहादुर कार्की छन् ।
७ एसपी एसएसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरी बलका सात जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
छ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएपछि रिक्त हुन आएको ६ पद तथा यसअघि नै रिक्त रहेको १ पदसमेत गरी कुल ७ पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
सिफारिस सूचीमा दीपक कुमार थापा, सुधिर सुवेदी, महेश के.सी., प्रकाश कुमार सुवेदी, चित्राङ्गत दहाल, सुभाष भण्डारी र प्रदिपसिंह कार्की रहेका छन्।


प्रतिक्रिया