ढल्केबर । धनुषामा बलात्कार घटनाका पीडित एक महिलालाई पतिले समेत साथ छाडेपछि बिचल्लीमा परेको बताएका छन् ।
उनले घटनापछि पतिले साथ छाडेपछि आफू थप पीडामा परेको बताइन । धनुषाको सबैलाई नगरपालिका–३, की ति महिलाले गत पुस ६ गते आफू बलात्कारमा परेको भन्दै चैत १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको बताइन ।
तर जाहेरी दर्ता भएको लामो समय बितिसक्दा पनि आरोपित पक्राउ नपरेको र आफू घरबारविहीन अवस्थामा पुगेको उहाँले दुखेसो सुनाइन ।
उनका अनुसार २०८२ पुस ६ गते साँझ जनकपुरधाम–४, मुरली चोक क्षेत्रमा ‘प्रसाद’ भन्दै दिएको लड्डु खाएपछि आफू बेहोस भएको र सोही अवस्थाको फाइदा उठाउँदै आरोपितले आफ्नो इच्छाविपरीत करणी गरेको जानकारी दिइन ।
आरोपित सबैलाई नगरपालिका–३, का अमिस महरा रहेको जाहेरीमा उल्लेख छ। जाहेरी अनुसार आरोपितले घटनाको भिडियोसमेत बनाएको र सार्वजनिक गर्ने तथा परिवारलाई हानी पुर्याउने धम्की दिँदै बारम्बार करणी गरेको उल्लेख छ ।
घटनापछि श्रीमान्ले गलत बुझाइका कारण घरबाट निकालिदिएकाले हाल आफू माइतमा बस्दै आएको ति महिलाको भनाइ छ। पीडक जनकपुरधामस्थित एक अस्पतालमा कार्यरत रहेको र खुलेआम हिँडडुल गरिरहे पनि प्रहरीले पक्राउ नगरेको उनको गुनासो छ ।
दोषीमाथि कारबाही नभएको र पारिवारिक साथसमेत गुमाउँदा आफू बिचल्लीमा परेको उनले सुनाइन । उनले दोषीमाथि तत्काल कारबाही गर्न र आफूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेकी छन् ।


प्रतिक्रिया