काठमाडौँ । सेयर बजारमा गिरावटको क्रम लगातार तेस्रो दिन पनि जारी रहँदा बजार सूचक नेप्सेमा थप कमी आएको छ ।
बिहीबार बजार कारोबारपछि नेप्से परिसूचक २७३० अंकमा झरेको छ । यसअघि मंगलबार ३९ अंक र बुधबार ४ अंकले घटेको बजार बिहीबार थप १० अंकले ओरालो लागेको हो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको देखिएको छ । बुधबार २ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार बढेर ३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
बजारमा ८० कम्पनीको मूल्य वृद्धि भएको छ भने १७४ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।


प्रतिक्रिया