वराहक्षेत्रमा हात्तीको बच्चा मृत फेला

वराहक्षेत्रमा हात्तीको बच्चा मृत फेला


ग्लोब नेपाल
0
Shares

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । गहने खोलाको दलदलमा फसेर जङ्गली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवश कुवँरले जानकारी दिए ।

उनका अनुसार बुधबार राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदै गर्दा हात्तीको बच्चा दलदलमा फसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बिहीबार बिहान हात्तीको बच्चाको शव दहमा टाउको भाग गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीको उपस्थितिमा प्रहरी र डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।