काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधरणतया बादल र तराई भू-भागमा मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशको हिमाली भू-भागको थोरै स्थानहरू, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया