काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका १५ अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।
भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा भरतपुर महानगरपालिका २६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका २० बस्ने १९ वर्षीय राजीव गुरुङ गम्भीर घाइते भएको र उपचारको क्रममा बिहान २:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका ३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया