करणी अभियोगमा साउद पक्राउ

करणी अभियोगमा साउद पक्राउ


ग्लोब नेपाल
0
Shares

कैलाली । बालिकालाई करणी गरेको अभियोगमा कैलाली जोशीपुर गाउँपालिका–१ राजीपुर बस्ने २६ वर्षीय मिलन साउदलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

मिलनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।