मोटरसाइकल दुर्घटना: पैदल यात्रुसहित ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना: पैदल यात्रुसहित ३ जनाको मृत्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना युवक र एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौँ टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन्। पैदल यात्रुको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शवहरू हाल बयोधा अस्पताल र नारायणी अस्पतालमा राखिएको छ।