भक्तपुर । आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै आमा ४० वर्षीया मेघिया चौधरीको हत्या गरेको अभियोगमा एक ब्यक्ति पक्राउ परेका हुन ।
सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोक बस्ने उदयपुर कटारी नगरपालिका–५ घर भएका २४ वर्षीय किरण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
किरणले कुटपिट गर्दा मेघिया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । गम्भीर घाइते भएकी मेघियाको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया