काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालो चस्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्र नभएको टिप्पणी गरेका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । कोही पनि नागरिकको बसोबास कानूनी हुनसक्ने तर कुनै नागरिकको जन्म गैरकानूनी हुन नसक्ने बताए ।
उनले भने, ‘संसद्मा जब–जब विपक्षी दलको नेताले बोल्छ । संसारमा एउटा प्रचलन छ । विपक्षी दलका नेताले संसद्मा बोल्दै गर्दा संसारका लोकतान्त्रिक शासन भएका देशका प्रधानमन्त्री मुस्कुराउँदै गर्विलो आफ्नो उपस्थिति जनाएर अघिल्लो बेन्चमा बसिरहेका हुन्छन् ।’
विपक्षी दलका नेताले गर्ने टिप्पणी सरकारलाई मार्ग निर्देशन समेत हुने भएकाले प्रधानमन्त्री उपस्थित हुने अभ्यास रहेको भन्दै आङ्देम्बेले अहिले भने प्रधानमन्त्री शाह अनुपस्थित हुन्छन् भन्ने आफूलाई पहिले नै लागेको पनि उनले बताए । प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्छ भनेर सम्झाउने आफ्नो दायित्व रहेको समेत उनले बताए ।
सुकुम्वासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गर्न माग गरे । समाधानको नाममा हजारौँ सुकुम्वासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु सरकारको संवेदना शून्य भएको लक्षण भएको बताए ।


प्रतिक्रिया