काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव कृष्णहरि पुष्कर बुधबारबाट अनिवार्य अवकाशमा गएका छन ।
सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सचिव पुष्कर अनिवार्य अवकाशमा गएका हुन् । निजामती सेवाका विभिन्न महत्त्वपूर्ण मन्त्रालय र निकायमा सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका पुष्कर २०७८ असार २४ गते सचिवमा बढुवा भएका थिए ।
उनी राजस्व सचिव,अर्थ सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपराष्ट्रपतिको कार्यालयमा सचिव भएर कार्यसम्पादन गरेका थिए ।
०५३ माघ १७ गते नायब सुब्बामा नियुक्ति लिएर निजामती सेवामा प्रवेश गरेका पुष्कर सेवाको उत्तरार्धमा प्रधानमन्त्री वालेन्द्र शाहलाई एसएमएस गरेको विषयबाट चर्चामा आएका थिए ।


प्रतिक्रिया