काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलले उठेर विरोध जनाएका छन् । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आजको बैठक सुरु गर्न साथ विपक्षी दल नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले उठेर विरोध विरोध जनाएका हुन्।
विरोधबीच सभामुखले काँग्रेस सांसद हरिनादेवी कामी लाई आफ्नो धारणा राख्न समय दिएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी संसदबाट दिएको अभिव्यक्ति संसदमै आएर सच्याउनु पर्ने माग गर्दै आएका छन् ।


प्रतिक्रिया