काठमाडौं ।नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी रहेका छन् ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले सबै प्रदेशबाट सुझाव सकंलनको काम सकेर प्रतिवेदन तयार पार्दैछ । कार्यदलको प्रतिवेदन माथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ। जसका लागि चाँडै नै केन्द्रिय समिति बैठक पनि बोलाइदैछ ।
कसैको इच्छा पूरा गर्ने ढंगले एमाले अघि बढ्दैन: महेश बर्तौला
नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले पार्टीको वैधानिक संरचनाबाट भएका फैसलाहरूलाई अस्वीकार गर्न नमिल्ने भन्दै महाधिवेशनमार्फत निर्वाचित नेतृत्वको विषयमा विवाद सिर्जना गर्नुको औचित्य नरहेको टिप्पणी गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले पार्टीको नेतृत्व ११ औँ महाधिवेशनबाट स्थापित वैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने बताए । उनले नेतृत्व चयन पार्टीको स्थापित वैधानिक संरचना, विधि र अभ्यासअनुसार हुने भन्दै महाधिवेशनबाट भएका निर्णयलाई व्यक्तिगत चाहना वा असन्तुष्टिका आधारमा मान्दिनँ भन्न नपाइने बताए ।
उनले पार्टीभित्र देखिएका अन्तर्विरोध हटाएर केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको समेत बताए । कसैको व्यक्तिगत इच्छाअनुसार पार्टीले कुनै निर्णय नगर्ने उनको भनाइ छ । यद्धपि निर्वाचनमा अनपेक्षित नतिजा कसरी आयो भन्ने विषयमा आवश्यक छलफल र समीक्षा गर्न सकिने बर्तौलाको भनाइ छ ।


प्रतिक्रिया