काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य डिबी कार्की सहित ६ जना केन्द्रीय सदस्य नेकपा एमालेमा फर्किएका छन् । कार्कीसहितका नेकपाका टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
उनका अनुसार पार्टीमा स्वागत गरिएका केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) लगायतका नेताहरू रहेका छन ।
कार्कीलगायतका नेता एस अघि नेकपा एमालेमा नै थिए, एमाले बिभाजन भए पछि माधवकुमार नेपालसँगै तत्कालिन नेकपा एकीकृत समाजवादीमा गएका थिए ।


प्रतिक्रिया