काठमाडौं । पूर्व प्रधानन्यायाधीश तथा भदौ २३-२४ को जेनजी आन्दोलनपछि फागुन २१ गते चुनाव गराउन गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की शुक्रबार दिल्लीतर्फ प्रस्थान गरेकी छन् ।
एयर इण्डियाको उडान नम्बर Ai 216 बाट दिल्ली उडेकी कार्कीसँग श्रीमान दुर्गाप्रसाद सुवेदी पनि छन् । बिहान ८:१० बजे प्रस्थान गरेको जहाज दिल्ली पुगिसकेको छ । त्यतैबाट छोरा प्रशान्त सुवेदी अनि नातीसँग केही महिना बिताउन बेलायत जाने बुझिएको छ ।


प्रतिक्रिया