काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन । काठमाडौँको माइतीघरमा सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले माइतीघर, काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले सरकारले ७८ दिनसम्म सुकुमबासी व्यवस्थापन गर्न नसकेको, हेरचाह नगरेको, अपमान गरेको तथा गैरन्यायिक पक्राउ गरेको भन्दै आज काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘दमन होइन न्याय दे’, अभियान्तामाथिको दम बन्द गर, होइन भने होस् गर’ जस्ता प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । पठाओ राइडर गणेश नेपालीको आत्मदाह गरेपछि सरकार बिरूद्दको आन्दोलन पछिल्लो समय चर्किदै गएको छ ।


प्रतिक्रिया