संघीय संसदका चार समितिको बैठक बस्दैँ

संघीय संसदका चार समितिको बैठक बस्दैँ


ग्लोब नेपाल
0
Shares

काठमाडौं। संघीय संसद अन्तर्गतका ४ समितिका बैठकहरू बस्दैछन् । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन । 

जसअनुसार अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगसँग सबन्धित छलफल हुने भएको छ । जुन बैठकमा आर्थिक बर्ष २०८२÷८३ मा राष्ट्रिय योजना आयोगबाट भए गरेका मुख्य मुख्य कामकारबाही सम्बन्धमा, १६ औं आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्थ र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको कार्यप्रगतिको अवस्थाका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ ।

उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पुरानै अजेन्डा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः३० बजे सुरू हुदाँ सो बैठकमा मधेश प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ भने ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । जुन बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सबन्धी निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथी छलफल गरिने कार्यसुचीमा उल्लेख गरिएको छ । जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।