मिडिया हाउसमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति हैनः रास्वपा महामन्त्री आर्चाय

मिडिया हाउसमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति हैनः रास्वपा महामन्त्री आर्चाय


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले मिडिया हाउसमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र कसैले आरोप लगाए त्यसमा सत्यता नभएको बताएका छन ।

रास्वपा महामन्त्री आर्चायले राज्यको चौथो अंगको रूपमा रहेको मिडिया लोकतन्त्रको खम्बा भएको हुँदा पार्टीको नीति कुनै पनि सञ्चारमाध्यम र वाक् स्वतन्त्रताका विरुद्ध जाने नभएको जिकिर गरे ।

‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताजस्ता लोकतन्त्रका आधारभूत मान्यतासँग रास्वपा सम्झौता गर्नै सक्दैन,’ आचार्यले भने, ‘हाम्रो नाम लिएर कसैले प्रेसलाई तर्साउने, धम्क्याउने काम गरेको रहेछ भने त्यो आपत्तिजनक र कानुनी दृष्टिले गलत कार्य हुन जान्छ ।’

महामन्त्री आचार्यले मिडियाको संस्थागत विकास र हित हुँदा मात्रै लोकतन्त्र बलियो हुने कुरामा आफ्नो दलले विश्वास राख्ने बताएका छन् । मिडियाका कन्टेन्टमा फरक बुझाइ र दृष्टिकोण रहे पनि सधैँ सम्मान गर्ने र त्यसका विरुद्ध कहीँ कतै अभिव्यक्त हुने कुरामा सहमत हुन सक्ने जिकिर गर्छन् ।