काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र पूर्वसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले आज सजाय निर्धारण गरेको हो।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय तोके अनुसार रायमाझीले ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद भोग्नु पर्ने भएको छ। त्यस्तै एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको हो।
पूर्व सचिव टेकनारायण पाण्डेलाई ठगीमा २ वर्ष कैद र १५ हजार, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवानाको सजाय तोकिएको हो । एकीकृततर्फ ४ वर्ष ४० हजार रुपैयाँ जरिवाना तोकिएको फैसालामा उल्लेख गरिएको छ ।
उनी हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।


प्रतिक्रिया