दोधारा चाँदनी (कञ्चनपुर) । सोच्नै सकिँदैन । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कसम खाएका श्रीमान् रणबहादुर सुनारले अन्ततः आफ्नै श्रीमतीको ज्यान लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार मृत्यु भएको बताए ।
कुटपिटबाट घाइते भएकी पारु र कुटपिट गर्ने सुनार दुवै जनालाई उपचारका लागि बुधबार दोधाराचाँदनीस्थित नगर अस्पतालमा पुगेका थिए । प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया