नयाँ गठबन्धनबारे ब्रिफिङ गर्न प्रचण्ड जनकपुरमा

नयाँ गठबन्धनबारे ब्रिफिङ गर्न प्रचण्ड जनकपुरमा


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरधाम जाने भएका छन् । उनी दिउँसो ४ बजे हवाई मार्गबाट जनकपुर पुग्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

जनकपुर पुगेपछि ‘प्रचण्ड’ महोत्तरीको रामगोपालपुर पुगेर पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथिको कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँबाट फर्किएपछि उनी जनकपुरधाममै मधेश प्रदेशका पार्टी नेताहरूसँग छलफलमा सरिक रहने कार्यक्रम रहेको बताइएको छ ।

राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति र भूमिकाबारे पनि छलफल हुने जनाइएको छ। राजनीतिक समीकरण परिवर्तनसँगै पार्टी संगठनलाई एकीकृत र सक्रिय बनाउने विषय पनि छलफलको एजेन्डामा रहेको छ ।

यस्तै, ‘प्रचण्ड’ले बुधबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आयोजना हुने मधेश प्रदेशस्तरीय प्रशिक्षण, एकता समायोजन तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।