काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीका बिचमा आज छलफल हुदैँछ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहान साढे ११ः०० बजेबाट तयारी पोशाक संघका पदाधिकारी बिचमा छलफल हुन लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुने बताइएको छ।


प्रतिक्रिया