काठमाडौं । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूहरूलाई पनि पार्टीमा जोड्न सक्ने आँट देखाउन संस्थापन पक्षलाई अनुरोध गरेका छन ।
आज (बुधबार) बीपी स्मृति दिवसका अवसरमा आयोजित समारोहमा उनले गगन थापाहरूले बाटो बिराइहालेको भन्न चाहिँ नमिल्ने समेत तर्क गरे ।
यद्यपि आफूहरूलाई पनि पार्टीमा समेटेर जानुपर्ने सानो माग सम्बोधन गर्न नसकेको विषयमा भने प्रश्नहरू रहेको समेत उनले बताए । उनले अब युवाहरूले नै पार्टी चलाउने भए पनि बाटो बिराउने नहुने बताउँदै भने, ‘गगन थापाहरूले बाटो बिराउनुभो त भनिहाल्दैन ।
तर यति सानो माग पूरा गर्न किन आँट नआएको ?’ उनले थपे, ‘हामीहरूलाई विघटन गरिहाल्नुभो । सभापति बनिहाल्नुभो । अब जोड्ने काम पनि गरिदिनुहोस् न ।’


प्रतिक्रिया