डा. गोविन्द केसी र सरकारी टोलीबिच भोली वार्ता हुने

डा. गोविन्द केसी र सरकारी टोलीबिच भोली वार्ता हुने


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीका सदस्य एवम् शिक्षा सचिव चूडामणि पौडेलबीच शनिबार शिष्टाचार भेटघाट भएको छ ।

केसीका सहयोगी डा. अमृत जैसीका अनुसार अस्पतालमा उपचाररत डा. केसीलाई भेट्न शिक्षा सचिव पौडेल पुगेका थिए । भेटमा सचिव पौडेलले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सरकारका तर्फबाट सद्भाव व्यक्त गरेको सहयोगी जैसीले जानकारी दिए ।

​जैसीका अनुसार सरकारी वार्ता टोलीका अन्य सदस्यहरू काठमाडौँ बाहिर वा व्यस्त रहेकाले आज औपचारिक वार्ता भने हुन सकेन । वार्ता टोलीका बाँकी सदस्यहरू उपस्थित भएपछि भोलिदेखि औपचारिक वार्ता सुरु गर्ने गरी दुवै पक्षबिच सहमति भएको छ।

​चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राख्दै डा. केसी विगत तीन दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । भोलि हुने वार्ताले उनका माग सम्बोधन गर्दै अनशन अन्त्य गराउन सकारात्मक निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।