मुम्बई । एसएस राजमौलीले आफ्नो चलचित्रको नाम ‘वाराणसी’ राखेका थिए र यसको घोषणा पनि गरेका थिए।
पछि यो कुरा बाहिर आयो कि निर्देशक सुब्बा रेड्डीले ‘तेलुगु फिल्म चेम्बर’ मा यो शीर्षक पहिले नै दर्ता गराइसकेका थिए। यसको अर्थ राजमौलीले या त आफ्नो चलचित्रको शीर्षक परिवर्तन गर्नुपर्ने हुन्थ्यो वा सुब्बा रेड्डीबाट ‘वाराणसी’ शीर्षकको अधिकार खरिद गर्नुपर्ने हुन्थ्यो। यस विषयलाई लिएर केही समय देखि विवाद चलिरहेको थियो।
तर, सिनेमा एक्सप्रेसको एक रिपोर्ट अनुसार यो विषय अब समाधान भएको छ। गत बिहीबार सुब्बा रेड्डीले कुनै पनि रकम नलिई उक्त चलचित्रको शीर्षक ‘वाराणसी’ यसका निर्माता के ए नारायणलाई हस्तान्तरण गरेका छन।
‘बाहुवली’, ‘आरआरआर’को निर्देशकसमेत रहेका दक्षिण भारतीय फिल्मका निर्देशक राजमौलीले महेशबाबु र प्रियंंका चोपडासहित ठुलो बजेटमा यो फिल्म बनाउँदैछन । सो फिल्मको सुटिङ जारी रहेको छ।


प्रतिक्रिया