प्रतापपुर गाउँपालिका अध्यक्ष फरार

प्रतापपुर गाउँपालिका अध्यक्ष फरार


ग्लोब नेपाल
0
Shares

नवलपरासी । सरकारी छाप तथा लेटरप्याड किर्ते र दुरुपयोग गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।

अध्यक्ष यादव सम्पर्कविहीन भएपछि गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष मानकुमारी चौधरीले सम्हालिरहेकी छन् । चौधरीका अनुसार अध्यक्ष यादवले पत्रमार्फत आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

नवलपरासी जिल्ला अदालतले गत साउन २० गते यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोविरुद्ध यादव उच्च अदालत तुलसीपुर,बुटवल इजलास पुगेका थिए । उच्च अदालतले साउन २९ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरेपछि उनलाई पक्राउ गर्न कानुनी बाटो खुलेको थियो ।

पक्राउ पुर्जी जारी भएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार सार्वजनिक भएपछि यादवले विज्ञप्तिमार्फत आफूविरुद्ध आएका समाचार, टिप्पणी वा धारणाका आधारमा निष्कर्षमा नपुग्न आग्रह गरेका थिए ।