टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्युटी’मा खटिइएका टोली सम्पर्क विहीन

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्युटी’मा खटिइएका टोली सम्पर्क विहीन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात् आएको बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र (ड्युटी)मा खटिइएको प्रहरी टोली सम्पर्क विहीन बनेको छ ।

सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात् ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर ड्यिूटीमा खटिइएको टोलीसँग सम्पर्क हुन सकेको छैन”, उनले भने ।

प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सह प्रवक्ता थापाले जानकारी दिए ।