इराक र जोर्डनस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

इराक र जोर्डनस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार


ग्लोब नेपाल
0
Shares

अमेरिका र इरानबिच सैन्य तनाव तीव्र रूपमा बढेको छ। ङ्गलबार अमेरिकी सेनाले इरानविरुद्ध पुनः आक्रमण सुरु गरेपछि इरानले त्यसको जवाफमा इराक र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको छ। स्थानीय सरकारी सञ्चारमाध्यम र जोर्डनको सेनाले यसको पुष्टि गरेका छन्।

इरानी रेड क्रिसेन्टका अनुसार दक्षिणी इरानको सिरिकमा एक विवाह समारोह चलिरहेको घरमा क्षेप्यास्त्रको छर्रा (Shrapnel) खस्दा एक बालकसहित चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी मानिस घाइते भएका छन्।

अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलसन्धिमा व्यावसायिक जहाजहरूमाथि इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले गरेका आक्रमणका प्रयासहरूकै प्रतिक्रिया स्वरूप इरानमाथि कारबाही गरिएको जनाएको छ।

इरानको अर्ध-सरकारी समाचार संस्था ‘तस्निम’का अनुसार सिरिक आक्रमणको बदलामा बुधबार बिहानै जोर्डनको अकाबास्थित अमेरिकी मरीन आधार शिविरमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। जोर्डनको सेनाले १३ वटा ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १० वटालाई हावामै नष्ट (Intercept) गरेको र बाँकी ३ वटा दुर्गम क्षेत्रमा खसेको जनाएको छ। यस आक्रमणबाट जोर्डनमा कुनै मानवीय क्षति भने भएको छैन।

जोर्डनको राष्ट्रिय सुरक्षा केन्द्रले अकाबा र माफ्राक प्रान्तका बासिन्दाहरूलाई खस्न सक्ने क्षेप्यास्त्रका अवशेषहरूबारे जारी गरेको सचेत गराउने चेतावनी अहिले हटाइसकेको छ।

यसैबिच, इरानी क्षेप्यास्त्र आक्रमणको जोखिमलाई ध्यानमा राख्दै कुवेतको सेनाले पनि बुधबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ।