बाढी अपडेट : मृत्यु हुनेको संख्या १,२९० पुग्यो, अझै ४७९८ जना बेपत्ता

बाढी अपडेट : मृत्यु हुनेको संख्या १,२९० पुग्यो, अझै ४७९८ जना बेपत्ता


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार २ सय ९० पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ३४ जना बालक, ४५ बालिका, २५० महिला र ४२७ जना पुरुषको शव फेला परेको छ ।

यस्तै, ५३२ जनाको आंशिक अंग र २ जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म १,१४१ जना मृतकको पहिचान हुन सकेको छैन। पहिचानका लागि प्रहरीले मृतकका १,१४३ र आफन्तका ७१९ गरी कुल १,८६२ वटा डीएनए नमुना संकलन गरेको छ। पहिचान नभएका शवहरूको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।

प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी अझै ४ हजार ७९८ जना बेपत्ता रहेका छन् ।