१० औँ दिनमा त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

१० औँ दिनमा त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार


ग्लोब नेपाल
0
Shares

नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । उनीहरूको १० औँ दिनमा जीवितै उद्धार गरिएको हो ।

जीवितै उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो ।

शाह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन्। दुवै जनालाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी हुँदैछ ।