कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडाको छलाङ

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडाको छलाङ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा पहिलो स्थानमा रहेका छन्। पछिल्लो मत परिणामअनुसार खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्।

खुलातर्फका दुई सिटका लागि अजयबाबु सिवाकोटी १ हजार ५५६ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै, डिल्लिराम सुवेदी १ हजार २९४ मतसहित तेस्रो स्थानमा देखिन्छन् ।

प्राप्त विवरणअनुसार देवेन्द्रराज कँडेलले १ हजार १२ मत, राजीव ढुंगानाले ९०१ मत, विकास कोइरालाले ८१५ मत, अमृतकुमार अर्यालले ६६६ मत, रमेशप्रसाद धमलाले ५८० मत र विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।