झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार


ग्लोब नेपाल
0
Shares

‎काठमाडौं । साताको चाैथाे कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले घटेको छ। ‎नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.४६ अंकले घटेर २६२०.७९ विन्दुमा बन्द भएको छ । लगातार चाैथाे काराेबारका दिन सेयर बजार घटेकाे छ ।

‎नेप्सेका अनुसार बिहीबार ४ अर्ब ५६ करोड १० लाख २ हजार ४१ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ। आज कुल १ करोड ३१ लाख ९८ हजार ५५१ कित्ता सेयर किनबेच भएका छन्।
‎
‎बिहीबार १४३ कम्पनीको मूल्य बढेको छ भने १२६ कम्पनीको घटेको छ। आठ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारको समग्र सूचक रातो देखिए पनि सबै कम्पनीमा बिक्रीको दबाब नरहेको देखाउँछ।