बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर आज दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको थियो ।