नेप्से स्थिर रहँदा पौने ६ अर्बको कारोबार

नेप्से स्थिर रहँदा पौने ६ अर्बको कारोबार


ग्लोब नेपाल
0
Shares

काठमाडौं । साताको साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक स्थिर रहेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंक बढेर २६३०.७६ विन्दुमा बन्द भएको छ।

सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।

१३ मध्ये चार उपसमूहको परिसूचक बढेको छ । जलविद्युत उपसमूहको परिसूचक १.६५ प्रतिशत बढेको छ। लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।

नेप्से स्थिर रहे पनि कारोबार रकम भने बढेको छ। सोमबार चार अर्ब रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँबराबरको एक करोड ५३ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज पनि घलेम्दी हाइड्रो कम्पनीको सबैभन्दा बढी २८ करोड ५८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २४ करोड र सानिमा मिडिल तमोर हाइड्रोपावरको २१ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

आज बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ६० रुपैयाँ ८० पैसा बढेर ४६६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।  माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य १२ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।