सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ । उक्त संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम यस मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको भन्दै निलम्बन गरिएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

साथै संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरूसमेत गरेको देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख समेत गरीएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा मन्त्रालयले सम्बद्ध सरोकारवाला पक्षहरूलाई मिति २०८३–६–२३ गते छलफल गराई राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा यस मन्त्रालयबाट मिति २०८२–८–१२ गते जारी निर्देशन बमोजिमका कार्य गर्न आग्रहसमेत गरिएकामा सो बमोजिम गरिएको नदेखिएकाले राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ ।

ऐनको दफा ६ को उपदफा (२) बमोजिम ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ ।