सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
गएराति करिब ११:५० बजे कोशी लोक मार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया