मोरङ । मोरङमा एक महिलाले भारतीय नागरिकसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको खुलेको छ । जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको रड प्रहारबाट हत्या भएको हो ।
आइतबार राति करिब १० बजे बुधराममाथि उनकी ३५ वर्षीया श्रीमती कमली मास्के र भारतका २७ वर्षीय सुनील मिश्रले रड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । टाउकोमा रडले प्रहार गर्दा बुधरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनापछि प्रहरीले भारतीय नागरिक मिश्रलाई पक्राउ गरेको छ । श्रीमान्को हत्यामा संलग्न रहेको आरोप लागेकी कमली भने फरार छिन् । प्रहरीले उनको खोजी गरिरहेको छ । बुधरामको हत्या गर्नुको कारण भने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया