काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत २१औँ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमा अलआउट भयो ।
१२१ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि त्रितराज दासले सर्वाधिक २१ रन बनाए । उनले २९ बलमा १ छक्का प्रहार गरे । जिम्मी निसमले २५ बलमा २०, राहुल यादवले ६ बलमा ११ तथा आदित्य महताले ११ बलमा १० रन बनाए ।
त्यस्तै रायन बर्लले १४ बलमा ८, कप्तान हरमित सिंहले ८ बलमा ४, विशाल शुस्लिङले २ बलमा २, अनिल साहले ५ बलमा २ तथा ह्यारी टेक्टरले ४ बलमा १ रन बनाए । अभिषेक तिवारीले ६ बलमा २ रन जोडे भने ललित राजवंशी ९ बलमा ५ रन बनाएर अविजित रहे ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामीले ३ ओभरमा १६ रन दिएर १, थरिन्दु रत्नायकेले ४ ओभरमा १२ रन दिएर १ विकेट लिए ।
यस्तै दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १५ रन दिएर १, अनिल खरेलले १.५ ओभरमा १४ रन दिएर १ तथा ईशान पाण्डेले ३ ओभरमा १९ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो ।
सुदूरपश्चिमका लागि ब्रेण्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे । थरिन्दु रत्नायके २८ बलमा २७ रन बनाएर अविजित रहे । आरिफ शेखले १६ बलमा ११ तथा सैफ जेबले १९ बलमा १० रन बनाए । विनोद भण्डारीले पनि १० बलमा १० रन जोडे ।
त्यस्तै स्कट कुगेलेइनले ३ बलमा ६, अनिल खरेलले ७ बलमा ४, ईशान पाण्डेले ८ बलमा ३, अविनाश बोहराले २ बलमा २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ३ बलमा १ रन बनाए । हेमन्त धामी शून्यमा आउट भए ।
बलिङतर्फ जनकपुरका कप्तान हरमित सिंहले ४ विकेट लिए । उनले ४ ओभरमा १७ रन खर्चिए । ह्यारी टेक्टरले ४ ओभरमा ९ रन दिएर १ विकेट लिए ।
राहुल यादवले ४ ओभरमा २४ रन खर्चेर १, आदित्य महताले ३ ओभरमा १९ रन दिएर १ तथा अभिषेक तिवारीले १ ओभरमा ७ रन खर्चेर १ विकेट लिए ।


प्रतिक्रिया