ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दा संवैधानिक इजलासमा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको छ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो।

नेपाल निजामती कर्मचारी संगठनका तर्फबाट भवानी दाहालले सरकारको निर्णयविरुद्ध रिट दायर गरेकी थिइन्। यसअघि सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेशसमेत जारी गरेको थियो।

सरकारले गत साउनमा निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको थियो। संघीय निजामती सेवा विधेयकमा पनि ट्रेड युनियनको व्यवस्था समावेश गरिएको छैन। अब प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले यस विषयमा अन्तिम निर्णय गर्नेछ।