काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारीका विषयमा राजनीतिक दलहरूका प्रतिनिधिसँग छलफल गर्दै छ । छलफलमा सहभागी हुन दलका नेताहरू आयोग पुगेका छन् ।
छलफलमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आयोगमा पुगिसकेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा प्रवक्ता जगदीश खरेल पनि पुगेका छन् ।


प्रतिक्रिया