न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु

न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाले बताए ।

गोली प्रहारपछि घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । टोखा बस्दै आएका उनले बिहीबार साँझ टोखामा आफैंलाई गोली प्रहार गरेको एक अनुसन्धान अधिकृतले बताए ।