मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका सरोजकुमार यादव नियुक्त


ग्लोब नेपाल
351
Shares

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

बाराबाट निर्वाचित प्रदेशसभा सदस्य यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक संक्षिप्त प्रक्रियाका बीच डा. कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादवले सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार धारा १६८ (३) बमोजिम नियुक्त भएका मुख्यमन्त्री यादवले अबको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।