काठमाडौं । नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुन प्रतितोला तीन हजार तीन सय र चाँदी १२० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार आठ सय रुपैयाँ कायम थियो ।
आ चाँदीको मूल्य तोलामा तीन हजार १९५ रुपैयाँ कायम भएको छ ।बिहीबार चाँदीको मूल्य तीन हजार ७५ रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया