राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा


ग्लोब नेपाल
0
Shares

‎काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् ।
‎
‎राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका छन् ।
‎
‎साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रधानमन्त्री शाहले राेकिएका चार अध्यादेशबारे राष्ट्रपति पाैडेलसँग चासाे राखेका थिए ।

‎आजै सत्तारूढ रास्वपा सभापति रवि लामिछाने शीतलनिवास पुगेर राष्ट्रपति पाैडेलसँग कुराकानी गरेका थिए ।

‎आाजै राष्ट्रिय सुरक्षा परिषदकाे बैठक बसेकाे थियोे । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अध्यक्ष,अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले,परराष्ट्र मन्त्री शिशिर खनाल,गृहमन्त्री सुधन गुरूङ,मुख्य सचिव गाेविन्द बहादुर कार्की र प्रधानसेनापति महारथी अशाेकराज सिग्देल सदस्यका रूपमा सहभागी भएका छन। साथै रक्षा सचिव इन्दु घिमिरे  र गृह सचिव केदारनाथ शर्मा पनि आमन्त्रितका रूपमा सहभागी थिए ।