मसँग खिचेको फोटो बेचेर उम्मेदवार दाबी नगर्नु: सभापति रवि

मसँग खिचेको फोटो बेचेर उम्मेदवार दाबी नगर्नु: सभापति रवि


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूसँगको फोटो देखाएर निर्वाचनमा उम्मेदवार बन्ने दाबी नगर्न पार्टी नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन् ।

पार्टीको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा शनिबार उनले स्वागतका क्रममा खिचेको तस्बिर देखाएर उम्मेदवारमा दाबी नगर्न भनेका हुन् ।

‘एयरपोर्ट पुग्दा नेताहरू कार्यकर्ताबाट घेरिन्छन् । तिनै साथीहरू फोटोमा वरपर देखिन्छन्’,उनले भने,‘तस्बिर देखाएर उस्तै परे यसपालिको उम्मेदवार मै हो पनि भन्न भ्याउँछन् होला । तर त्यो फोटो बेच्न पाइँदैन ।’

आफ्नो काम छाडेर स्वागत गर्न आउनुलाई आफूले प्रेमका रूपमा बुझेको बताउँदै उनले त्यस्ता तस्बिरलाई आफू र कार्यकर्ताबीचको सम्झनाका रूपमा मात्रै राख्न आग्रह गरे ।

‘त्यही फोटो देखाएर निकै नजिक छु, मैले नै टिकट पाउने हो भनेर बेच्न त पाइँदैन,’ उनले भने ।