काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा पनि आफ्नो बाटोमा आउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् ।
राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफूलाई उभ्याएपछि थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा सर्वप्रथम राप्रपा नेपालले २०७० सालको संविधानसभा चुनावमा आफ्नो घोषणापत्रमार्फत सार्वजनिक गरेको बताएका छन् । पार्टी एकीकरणपछि त्यो एजेन्डा त्याग्न राप्रपा बाध्य भएको उनको भनाइ छ। थापाले भनेका छन्, ‘अहिले पुनः राप्रपा नेपालको बाटोमा राप्रपा आउन लागेको (?) मा खुसी लागेको छ ।’
राप्रपाको आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको वैठकले राजाको अभिभावकत्वमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने निर्णय लिएको थियो ।


प्रतिक्रिया