काठमाडौं । सडक विभागको महानिर्देशकमा अर्जुनजंग थापा पुनः नियुक्त भएका छन् । यसअघिका महानिर्देशक शिवहरि सापकोटाले १७ वैशाखमा अवकास पाएसँगै थापा पुनः महानिर्देशक नियुक्त भएका हुन् ।
विभागका योजना महाशाखा प्रमुख तथा निमित्त महानिर्देशक शिव नेपाल र एडिबी निर्देशनालय प्रमुख अर्जुनबाबु ढकाल पनि महानिर्देशकको दाबेदार थिए । गत पुसमा महानिर्देशक रहेका थापालाई मन्त्रालयमा सरुवा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सापकोटालाई महानिर्देशक बनाएकी थिइन् ।
सापकोटाले अवकास पाएपछि थापाले पुनः महानिर्देशक बन्ने अवसर पाएका हुन् । विभागको रोलक्रमअनुसार नेपाल अघि भए पनि थापा सडक विभागमा दोस्रो कार्यकाल महानिर्देशक बनेका छन् ।
प्रतिक्रिया