काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) उपत्यका शाखामा पुण्यप्रसाद नेपालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिको उपाध्यक्ष जयराम फुँयाल, महासचिव रविकुमार कार्की, कोषाध्यक्ष दिपकप्रसाद दाहाल र सदस्यहरुमा विजय महर्जन, किरण तिमल्सिना र दिनेश कटवाल निर्वाचित भएका छन् । केमसान उपत्यका शाखाको प्रथम साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
केमसानका केन्द्रीय अध्यक्ष सुरेश घिमिरेले टोपी, खादासहित निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरे । अध्यक्ष नेपालले केमसानको उपत्यका शाखा विस्तारले स्वास्थ्य संस्थाहरुमा हुने स्वास्थ्य सामाग्रीहरुको आपूर्तिमा संगठित रुपमा अझ नयाँ गति ल्याउने विश्वास व्यक्त गरे । केमसानको उपत्यका शाखामा साधारण र आजिवन गरी १ सय ६८ जना सदस्य छन् ।
केमसानका सल्लाहकार उमेश शर्मा, सुशिल थापालगायतले रसायन तथा मेडिकल आपूर्तिकर्ताहरु संगठित भएर समस्या परेका कुराको वुलन्द रुपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया