नेपाल हङकङसँग ७ विकेटले पराजित

नेपाल हङकङसँग ७ विकेटले पराजित


ग्लोब नेपाल
81
Shares

काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ। आजको खेलमा हार व्यहोरेको नेपालले सेमिफाइनलमा बलियो प्रतिस्पर्धी युएईको सामना गर्ने छ ।

मलेसियाको किनरारा ओभलमा मंगलबार नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो । यस जितसँगै हङकङ समूह ‘बी’ विजेता सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले भने समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ । एक खेल खेल्न बाँकी रहेको हङकङले ३ खेलमा ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ ।

नेपाल ४ खेलमा ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हङकङको जितमा मारिको हिलले सर्वाधिक ४५ रन जोडिन । नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन बनान् ।

नेपालकी संगीता राईले २ तथा सीता मगरले १ विकेट लिईन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ३२ रनको योगदान गरिन् । अप्सरी बेगमले अविजित २२ रन बनाईन् ।

यस्तै बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ र इन्दु वर्मा सुन्य रनमा आउट भईन् ।

हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १/१ विकेट लिए ।