काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।
शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार नयाँ ल्याइने नागरिकता सम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गरिने छ ।
यसअघि संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक सरकारले फिर्ता लिएको थियो ।
प्रतिक्रिया